कपिलवस्तु 29 जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा स्वास्थ्य स्वयमसेविकाहरुले निःशुल्क साईकल पाएका छन् । वडा नम्बर ९ को वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी भलवाड अन्र्तगत कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकल प्रदान गरिएको हो ।उनीहरुलाई वडा अध्यक्ष धुव्र बेल्वासेले साईकल हस्तान्त्रण गर्नुभयो । भलवाड स्वास्थ्य चौकी अन्र्तगत रहेका १४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई शुक्रबार वडा अध्यक्ष बेलवासेले साइकल प्रदान गर्नुभएको हो ।वडा कार्यालय परिसर स्थित वितरण कार्यक्रममा वडा अध्यक्ष बेल्वासे सँगै स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझी, वडा सचिव सन्तोष कुमार बैठा, बाणगंगा नगरपालिकाका प्राविधक कृष्णप्रसाद पोख्रेल लगाएतको उपस्थिति थियो ।विशेष गरी स्वास्थ्य स्वयम्सेविकाहरुले गाउँगाउँमा स्वास्थ्य सेवा प्रदान गर्नेक्रममा विरामी समक्ष सहज पहुँच स्थापनाका लागि साईकल वितरण गरिएको वडा अध्यक्ष धुव्र बेल्वासेले बताउनुभयो । वडाको चालु आर्थिक वर्ष २०७७/०७८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई कुल ८५ हजार लागत अन्र्तगत साईकल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य सम्बन्धि सूचना तथा सेवाहरुलाई गाउँगाउँ र टोलटोलमा सहज रुपमा प्रवाह गर्न स्वास्थ्य स्वयमसेविकाहरुको भुमिका महत्वपूर्ण हुने भएकाले वडाको तर्फबाट उहाँहरुको पेशागत पृष्ठपोषणका लागि पनि यो कार्यक्रम गरिएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।
२९ जेष्ठ २०७८, शनिबार
प्रतिक्रिया