प्रदेश

प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्तिको कडा प्रतिवाद



काठमाडौं 29 जेठ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने दिएको अभिव्यक्ति आपराधिक र आपत्तिजनक रहेको नेकपा एमालेको ठहर छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई अत्यन्त गम्भीर रुपमा लिएको बताएको छ ।

सांसद वैद्यको अभिव्यक्ति ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

वैद्यले दिएको अभिव्यक्तिको भत्र्सना गर्दै एमालेले फौजदारी कानुन अनुसार कारवाहीका लागि माग गरेको छ 

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६