अर्थ-वाणिज्य

निशेधाज्ञा उलंघन गर्दै बनभोज खान जादा एकको ज्यान गयो



प्युठान 29 जेठ। निशेधाज्ञा उलंघन गर्दै बनभोजको लागि कर्मचारी ओसारेको सरकारी गाडि दुर्घट्नामा पर्दा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको ध १ झ ५ नम्बरको कार जिल्लाको मल्लरानी गाउँपलिका ४ मा दुर्घट्ना भएको हो ।

दुर्घटनामा परि तुल्सीपुर उपमहानगरपालिका ४ का प्रकाश आचार्यको ज्यान गएको हो । खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन्। कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एबं प्रहरी निरीक्षक देवि प्रसाद गैरेले बताए। 

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६