अर्थ-वाणिज्य

कपिलवस्तुमा सकृय संक्रमित २ सय सेरोफेरो : निशेधाज्ञा हट्ने वाताबरण बन्दै



कपिलवस्तु  २९ जेठ ।कपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या अढाई सय भन्दा कम भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या २ सय ३६ पुगेको हो । कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढीरहेको थियो । दुई साता यता भने संक्रमित र मृत्युको संख्या घटेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभएको छ । 

सकृय संक्रमित मध्ये अधिकांस होम आईसोलेशनमा छन । पहिलो र दोश्रो लहरमा जिल्लामा ५ हजार ३२६ संक्रमित भएका थिए । जसमध्ये ४ हजार ९०१ जना निको भई घर फर्कि सकेका छन । जिल्लामा कोरोनाबाट १ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये अधिकांसको मृत्यु अस्पताल मै भएको थियो । स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या घटदै गएको बताउनुभयो । जिल्लामा पिसिआ र एन्टीजेन परिक्षण पनि स्स्ताएको छ । पिसिआर परिक्षण कपिलवस्तु अस्पताल मै गर्न मिल्छ भने एनटीजेट किट स्वास्थय कार्यालमया प्रर्याप्त छ । 

तर जन स्तरबाटै परिक्षण गराउन अनिच्छा देखाइएको प्रमुख पाण्डेयले बताउनुभयो । पालिकाहरुले नै परिक्षण दायरा बढाउन घर दैलोमा गई परिक्षणको गर्नु पर्ने उनले बताए । उता कोरोना कारण ढेड महिना देखि जारी लकडाउन कोरोना संक्रमितको संख्या ५ सय भन्दा आधा भएसंगै अब खुकुलो हुने संकेत देखिएको छ । जिल्लामा गत बैशाख २१ देखि लकडाउन जारी छ । लकडाउन बैशाख ३१ सम्म छ । 

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६