काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय भएको छ । शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो । यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो ।
नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन नौं दिन पर सार्ने निर्णय भएको हो । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट शुरु गर्ने महामन्त्रीको प्रस्ताव छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्व निर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन शुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।
त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।
प्रतिक्रिया