काठमाडौं 30 जेठ । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले गण्डकीमा आफ्नो पार्टीका मुख्यमन्त्रीले विश्वासको मत गुमाए पनि पार्टी नेतृत्व तर्फ प्रश्न तेस्र्याएका छन् ।
उनले शनिवार सामाजिक सञ्जालमार्फत नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सिनुपर्ने भन्दै प्रश्न गरेका हुन् ।
उनले अगाडि भनेका छन्, ‘नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु पिल्सनिु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ?’
नेता भट्टराईले सबै प्रदेशमा दलका काम कारबाहीको पुनः संरचना गर्न ढिला नगर्न पनि उनले नेतृत्वलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया