जनकपुरधाम, ३० जेठ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले चार पृष्ठको पत्र पठाएका छन् ।प्रदेश–२ को सरकार बनाउँदा गैरमधेसी (पहाडीया समुदाय) लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई आइतबार चार पृष्ठ लामो पत्र लेखेका हुन् । पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा पहाडे समुदाय, महिला र दलितहरुलाई उचित स्थान दिन भनिएको छ
३० जेष्ठ २०७८, आइतबार
प्रतिक्रिया