अर्थ-वाणिज्य

ब्यवसायिक गतिबिधि बढाउन निषेधाज्ञा खुकुलो; के के खुल्नेछन् ?



कपिलवस्तु ३० जेठ। आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा केही खुकुलो सहीत एक साता निषेधाज्ञा थप गरिएको छ ।कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा छैठो पटक निषेधाज्ञा थप गरिएको हो । असार १ देखि असार ७ सम्मकालागि निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ । आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रजिअ चक्रपाणी  पाण्डेले  कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको  बताए । 

असार ७ गते १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ । अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी बढाउदै दैनिक बिहान ९ बजे देखि दिउसो ५ बजे सम्म समय तोकिएको छ । बैकिङ र सरकारी कार्यालय खुला  गरिएको छ । यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ । सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । सभा सम्मेलन गोष्ठी लगायतका संचालन गर्न रोक लगाइएको छ । जिल्लामा २ सय ३६ सकृय सक्रमित छन । संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई केही खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेले बताए ।

 होटल शशर्त खुला 

 कपिलवस्तुमा होटल तथा रेष्टुरेन्ट बिहान ९ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म संचालन गर्न पाईने भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार होटल तथा रेष्टुरेन्टले टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्ने छन् । ‘होटल तथा रेष्टुरेन्ट संचालन गर्न पाईन्छ तर टेक अवे र होम डेलिभरी मात्र उपलव्ध गराउन सक्नुहुन्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । ‘होटल तथा रेष्टुरेन्टभित्र बसेर खाना पाईने छैन’ उनले थपे । जिल्ला भित्र अटो रिक्शा बाहेक अन्य सार्वजनिक यात्रुवाहक सवारी साधन संचालन गर्न, कुनै पनि मेला, हाटबजार, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु पाँच जना भन्दा बढी भेला÷जम्मा हुन, भिडभाड, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्वीमिङ्ग पुल, जिमखाना संचालन गर्न नपाईने भएका छन् ।

बैंक कार्यलय र  निजि सवारी खुल्ला 

यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। निजि सवारी साधन, मोटरसाइकल कार चलाउन पाइने छ ।  त्यस्तै अटो रिक्सा पनि चलाउन पाइने भएको बताइएको छ ।बैंक तथा बित्तिय सस्था पूरा समय खुल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । सबै कार्यलय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजे सकिदै थियो ।

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६