जीवनशैली

महिला उद्यमीलाई मसला उत्पादन गर्ने मेसिन उपहार



कपिलवस्तु 31 जेठ। महिला उद्यमी को पेशालाई प्रोत्साहन र आय आर्जनमा सहयोग पुर्‍याउन विजयनगर गाउँपालिकाले अनुदानमा मसला पिस्ने मेसिन वितरण गरेको छ । गाउँपालिकाले सक्रिय उद्यमी महिला समुहहरुलाई मसला पिस्ने मेसिन वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत आइतवार गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले ७ ओटै वडामा रहेका सक्रिय उद्यमी महिलाहरुलाई प्रदान गर्नु भएको  हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले मसला पिस्ने मेसिन वितरण गरेको बताउनुभयो । दुरी, समयको सदुपयोग हुने, सस्तो, शुद्ध गाउँघरमै प्रशोधित भएको प्रयोग गर्न पाउने बताउनुभयो । यसले आर्थिक आयआर्जनको बाटो पनि बलियो हुँदै जाने थापाले बताउनुभयो ।  

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सत्रिय भएर व्यवसायिक रुपमा अगाडी बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । यसलाई निरन्तरता दिने र सही सदुपयोग गर्न अनुरोधसमेत गर्नुभयो । महिलाहरुलाई आत्मनिर्भर, स्वरोजगार र व्यवसायिक बनाउने लक्ष्यकासाथ मसला पिस्ने मेसिन वितरण गरिएको चौधरीले बताउनुभयो । 

 कार्यक्रममा ज्ञानपञ्ज बजत तथा ऋण सहकारी संस्था गुगौलीकी व्यवस्थापक प्रमिला पौडेल, सिमाना महिला बचत तथा ऋण सहकारी संस्था पिपरीकी व्यवस्थापक ममता गरुङको आतिथ्यता रहेको थियो भने शिक्षा शाखाका स्रोत व्यक्ति शिवराज सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६