अर्थ-वाणिज्य

जनमोर्चाका सांसद थापाको पद खारेजको सर्वाेच्चद्वारा सदर



वाग्लुङ ३१ जेठ । जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज  गर्ने पाटीको निर्णयलाई सर्वाेच्च अदालतले सदर गरेकोछ ।  उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेशसँगै थापाको पद गएको छ । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेशविरुद्ध परेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको हो । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट) मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले सर्वोच्चको आदेशविरुद्ध जेठ २६ मा अन्तरिम आदेश खारेज गर्न माग गरेर ‘भ्याकेट’ निवेदन दर्ता गराएको थियो । पार्टीको निर्णय र ह्वीप नमानेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई दलबाट निष्कासन गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो । त्यसपछि थापा पदमुक्त भएका थिए ।त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले उनीमाथि गरेको कारवाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चासहित राजमोको गण्डकी प्रदेशसभा संसदीय दल, गण्डकी प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारी लगायतले पुनरावलोकनका लागि भ्याकेट निवेदन दिएका हुन् ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६