प्रदेश

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पास



धनगढी 1 असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि पेश गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रदेशसभा बैठक बस्नुअघि नेकपा एमालेको संसदीय दलले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रदेशसभामा सभामुखसहित एमालेका २०, कांग्रेस र माओवादीका १८ र राप्रपाका एक सांसद छन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै बैठक स्थगित गरिएको छ । अब दिउँसो ४ बजे बस्ने अर्को बैठकमा आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय–व्यय विवरण (बजेट) प्रस्तुत हुनेछ ।

प्रकाशित : १ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६