अर्थ-वाणिज्य

आज नीति र कार्यक्रम असार ९ मा बजेट: २ बिगाह जग्गाको भोकाधिकार दिने निर्णय



कपिलवस्तु २ असार । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागी आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । हिजो नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले बुधवार निति तथा कार्यक्रम र ९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकले प्रस्तुत हुने निति तथा कार्यक्रमलाई  नगर सभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले प्रेसपाटीलाई बताउनु भयो  । 

त्यस्तै बैठकले असार ९ गते १ बजे बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नः २ का वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता पौडेलले स्पष्ट पार्नु भयो । यस्तै कार्यपालिकाको बैठकले आर्युवेदिक औषधालय निमार्ण र ब्यवस्थापनका लागी मायादेवि रगंशाला छेउमा रहेको करिव २ बिगाह जग्गाको भोकाधिकार  दिने निर्णय भएको उप प्रमुख चक्र अर्यालले बताउनु भयो । वडा नः ८ का वडा अध्यक्ष संयोजक रही काम गर्दै आएको बैदेशिक समन्वय समितिलाई  पर्यटन प्रर्वद्धन बैदेशिक समन्वय समितिको रुपमा नाम परिर्वतन गरिएको छ ।  

 त्यस्तै बाणगंगाको वडा न ९ मा बन्न लागेको डम्पीङ साइड निमाणर््ाको कार्यलाई तिव्रता दिने निर्णय भएको मेयर मगंल प्रसाद थारुले बताउनु भयो । नगरपालिकाले कोरोना रोकधाम र नियन्त्रण, अधुरा सबै योजना पुरा गर्ने योजनाका साथ निति तथा कार्यक्रम ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रेसपाटीलाई जानकारस् सदनु भयो  । 

प्रकाशित : २ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६