अर्थ-वाणिज्य

अस्पतालको बेडवाट झलनाथको आग्रह : पार्टी एक ढिक्का भएको हेर्ने मन छ जसरी पनि मिलाउनोस



काठमाडौं २ असार । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेललेलाई पार्टी मिलाउने जिम्मा सुम्पिनुभएको छ । आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको बेडबाटै पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले यस्तो आग्रह गर्नुभएको हो ।

पूर्व उपप्रधानमन्त्री एवं महासचिव पोखरेलले खनाललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको छ । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड  भनेर आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

महासचिव पोखरेलले भने ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं १’ भन्नुभएको उहाँले सुनाउनुभयो । आज दिउँसो पूर्वप्रधानमन्त्री खनाल थप उपचारको लागि दिल्ली जाँदै हुनुहुन्छ । उहाँको एपोलो अस्पतालमा उपचार हुने भएको छ ।

प्रकाशित : २ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६