कपिलवस्तु २ असार । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम आज बुधबार नगर सभावाट पारित गरेको छ । नगर उप प्रमुख चक्रपाणी अर्यालले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम सभावाट सर्वसहमतिमा पारित भएको हो । पारित नीति कार्यक्रम आफैमा महत्वाकांक्षी र नविनतम शैलीको रहेको छ । पारित नीति तथा कार्यक्रममा कोभिड १९ बाट रोजगारी गुमाई स्वदेश फर्केका युवालाई उत्पादनमुलक कार्यमा लगाउने,एक घर एक करेशाबारी र एक गाउ एक नर्सरी नितीलाई कार्यान्वयन गर्ने,सहकारीहरुको उत्पादनलाई बजारीकरणमा सघाउने, औद्योगिक ग्राम विकासमा लगानी बढाउने, नगरका सांस्कृतीक सम्पदालाई पर्यटन सर्किटका रुपमा विकास गर्ने लगाएतका नितीहरु पारित गरिएको छ ।
त्यसैगरी भुमिहीन सुकुम्बासीहरुलाई १ बर्ष भित्रै जग्गा उपलब्ध गराउने , सडक यातायात गुरुयोजना निमार्ण गरि एकिकृत सहरी विकास योजना कार्यन्वयन गर्ने , बस पार्क सन्चालनमा ल्याउने, बाणगंगा चक्र पथ निमार्णलार्ई यथासिघ्र सम्पन्न गर्ने, नगरभित्र हुने भौतिक कामको गुणस्तर परिक्षण गनै आवश्यक उपकरण जडान गर्दै तेस्रो पक्षबाट मुल्यांकन गराउने जस्ता निती नगरले लिएको छ । यस्तै नगर स्तरीय गौरवका योजनालाई तिब्र रुपमा संचालन गर्ने, एक वडा एक खेल मैदान निमार्ण र स्तरउन्नती गर्ने नीति सार्वजनिक गरिएको छ ।
बाणगंगा नदीको डिपिआर निमार्ण गरि ड्याम लगाएर सयौ विगहा जमिन सुरक्षित गर्ने, बा.न.पा. ९ मा डम्पिंग साईड निमार्ण गरि फोहोर प्रशोधन गर्ने र फोहोर लाई मोहरमा रुपान्त्रण गर्ने, कर चेतनाका घुम्ति शिविर संचालन गरि कर संकलन गर्ने निती ९ औ नगर सभाको पहिलो बैठकले पारित गरेको छ । यसैगरी नगर क्षेत्र भित्रका मिडिया, लेखक, पत्रकारसंग सहकार्य र साझेदारी गर्ने, भलवाडमा प्रहरी ईकाई स्थापना र बाणगंगा पुलको उत्तरमा शसस्त्र प्रहरीको विट स्थानान्तरण गर्ने जस्ता निती नगरले पारित गरेको छ ।
त्यसैगरी सामुदायिक निजी र साझेदारी वनलाई समन्वय गर्दै नगरपालिकाको कोषमा उनिहरुको योगदानलाई जोड्न पहल गर्ने, विपद् न्युनिकरणका लागि सुरक्षित आवासको निती कार्यान्वयनमा ल्याउने, म सफा गर्छु मेरो नगर कार्यक्रमलार्ई निरन्तरता दिने, उज्यालो बाणगंगा अभियान अन्तरगत नगर भित्र विभिन्न चोकमा सौर्यबत्ति र सीसी टिभी जडान गर्ने लगाएतका नीति तथा कार्यक्रम नगर उपप्रमुख चक्रपाणी अर्यालले प्रस्तुत गर्नुभएको हो ।
यस्तै मायादेवी रंगशाला नजिकमा आर्युवेद औषधालय स्थापना गर्ने, मृगौला प्रत्यारोपण, मुटुको शल्याक्रिया, स्पाईन सर्जरी जस्ता उपचारमा राहत सहयोग उपलब्ध गराउने, सबै नगरबासीलाई स्वास्थ्य विमाको दायरामा समेट्ने, नगर भित्र स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट निमार्ण गर्न पहल गर्ने, पिपरा अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सघं र प्रदेशमा पहल गर्ने नीति घोषणा गरिएको छ ।
जेष्ठ नागरिक अपांग असहायलाई घरदैलोमै स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउने लगाएतका नीति पारित गरिएको छ । विद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड वितरणलाई जारी राख्ने , कपिलबस्तु र बौद्ध शिक्षालाई उच्च शिक्षा सम्म विस्तार गर्ने, महिलाले चलाएका सहकारी र उद्योगलाई प्राथमिकता दिई प्रोत्साहन गर्ने, नगर भित्र अन्तरराष्ट्रिय बौद्ध पार्कको गुरुयोजना निमार्ण गरि काम अगाडी बढाउने, कृषि उपज संकलन र विक्रि केन्द्रलाई व्यवस्थीत गर्ने, सित भण्डार स्थापना र विउ भण्डार सुब्यवस्थित गर्न पहल गर्ने निति लिएको छ ।
नगर प्रमुख मंगल प्रसाथ थारुको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख चक्रपाणी अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । नगर सभा सदस्य इन्दीरा पन्थ, शान्त पाण्डे, इमकला क्षेत्री र रामनक्षत्र चौधरीले नीति तथा कार्यक्रम माथि प्रतिक्रिया तथा सुझाव दिनुभएको प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले वताउनु भयो ।








प्रतिक्रिया