कपिलवस्तु २ असार ।चुनावका बेला नेपाली कांग्रेसका तर्फवाट चुनावी घोषणा पत्रमा राखिएका धेरै जस्तो बाचा सहितका केहि नया सुझाव समाबेश गरेर कांग्रेस बाणगंगाले एक स्मरण पत्र बुझाएको छ । कपिलवस्तुकै समृद्ध बाणगंगा नगर निर्माणका लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्न माग गर्दै नेपाली कांग्रेस बाणगंगा नगर कार्य समिति कपिलवस्तुले २७ सुत्रीय सुझावहरु दिएको छ । बुधवार बाणगंगा नगरका नेपाली कांग्रेसका नेताहरुसँगै सहित कार्यवाहक सभापति विष्णु थापाले बाणगंगा नगरका मेयर मंगल प्रसाद थारु, उप मेयर चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाललाई आर्थिक वर्ष २०७८÷०७९ लागि बजेट छुट्याउन माग गर्दै स्मरण पत्र बुझाउनु भएको हो ।
समितिले दिएका २७ सुत्रीय सुझावहरुमा बाणगंगा नगरको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन र बिरामीलाई तुरुन्त हस्पिटल सम्म पुयाउन आई.सियु. सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, नगरपालिकाको लागि एउटा शव बहानको ब्यवस्था गर्ने, ५० बेडको आइशोलेशन २५ बेडको आई.सि.यु र १० बेडको भेन्टिलेटर सहितको हस्पिटलको रुपमा कपिलवस्तु सामुदायिक अस्पताललाई विकास गर्ने । वालवालिकाको स्याहार भविष्यको आधार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै बाणगंगा नगरपालिका भित्रका बालबालिकाहरुको संरक्षणका लागि लागु गरिएको बालमैत्री स्थानिय शासनको पूर्ण रुपमा कार्यन्वयन भए नभएको बिषय लाई अनुगमन गर्ने र पूण रुपमा कार्यन्वयन गर्ने त्यसका अतिरिक्त बालबालिकाका सर्वाङ्गिण विाकासका लागि एउटा वाईफाइ फ्री जोन सहितको बाल अधिकार सम्बन्धि थ्री डि. वाल पेपरले सजावट गरिएको एउटा बाल उद्यानको निर्माण वा.न.पा क्षेत्रमा पर्ने शिव मन्दिर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने ।
ज्ञापन पत्र बुझ्दै बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले नेपाली कांग्रेस बाणगंगा नगर समितिका सुझाहरु पूरा गर्न आफू लागि पर्ने बताउनुभयो । उपमेयर चक्रपाणी अर्यालले सुझावहरु राम्रा र ग्रहण योग्य भएको प्रतिक्रिया दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नेपाली कांग्रसका नेता एवम् समाजसेवी विष्णु प्रसाद न्यौपाने, टेक बहादुर शाही, दुर्गा सेन, नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरी, नेविसंघका नेता चन्द्रकान्त पोख्रेल, बुद्धिबहादुर रोकाहा (दिनेश), नेपाल पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य कृष्ण प्रसाद पौडेल, प्रेस युनियनका कोषाध्यक्ष गुरुदेव पौडेल, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया