प्रदेश

बाणगंगा नगरपालिकामा डम्पीङ साइड बन्न नदिन चलखेल



कपिलवस्तु ५असार ।हाल सम्म बन्न नसकेको डम्पीङ साइड बन्न नदिन चलखेल शुरु भएको छ कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा रहेको फोहोर व्यवस्थापन चुनौती बन्दै गईरहेको बेला केहि दिन अगाडि भएको जग्गा छनौट भएको मा पुन विवाद खड्डा भएको  छ । नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधानका लागि केही दिन अघि मात्र नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माण गर्ने गरि जग्गा छनौट गरेको थियो । जग्गा छनौट भएको दिनदेखि नै भलवाडका केही  व्यक्ति तथा युवाहरुले यसको चर्को बिरोध गरेका छन् ।

नगरका सर्वदलिय राजनैतिक दल सहित नगर पदाधिकारीले टुंगो लगाएकोमा  केही व्याक्तिले जग्गा छनौट गर्दा सो क्षेत्रलाई असर पुग्ने भन्दै भलवाडका राजनैतिक दलको नामबाट बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस भलवाडका अध्यक्ष दिपक थापाले स्थानियको सल्लाहविनानै नगरले निणर्य लिनु गलत भएको भन्दै उक्त स्थानमा कुनै हालतमा डम्पीङ साईड बन्न नदिने बताए ।

जसपा नेपालकाका नारायण खनालले वैकल्पिक ठाउँका विषयमा अध्यननका लागि आफुहरुले पनी सहयोग गर्ने बताए । ज्ञापन पत्र बुझदै मेयर मंगल प्रसाद थारुले २०७४ साल देखि नै जग्गा विवाद हुदाँ नगरको डम्पिसाईड बन्न नसकेको भन्दै विरोध भन्दा विकल्प दिन समेत थारुले सुझाव दिएका थिए । 

फोहार ब्यवस्थापनका लागी वडा नंं. ९ को पहलमा नमुना सामुदायिक बन क्षेत्रभित्रको जग्गा तोकीएको थियो । सो बनक्षेत्रमा जग्गा व्यवस्थापनका लागि सर्वदलिय सहित वनका पदाधिकारी नगरपालिकाको टिम लगाएतका सरोकारवालाले अध्ययन अवलोकन का साथै निणर्य नै गरेर निति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६