अर्थ-वाणिज्य

कालो बजारी नियन्त्रण गर्न बजार अनुगमन



चन्द्रौटा,५ असार ।कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ । शुक्रवार घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ ।

निशेषाज्ञाको समयमा कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको  घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले बताउनुभयो । यस अघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन भन्ने विषयमा पनि सोधपुछ गरिएको बस्यालले बताउनुभयो । 

नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै व्यवासायिहरुले गुणस्तरी खाद्य बस्तुहरु बिक्रि गर्नको लागि  सुझाव दिएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक शिवसंकर मिश्रले बताउनुभयो । अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको,सरसफाईमा कमि लगाएतका कमिकमजोरी भेटिएका छन् । अनुगमनमा शिवराज नगरपालिका महिला शाखा अधिकृत लक्ष्मी कडेल,वडा प्रहरी कार्यालयका प्रतिनिधि,पत्रकारहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।



प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६