अर्घाखाँची ५ असार। अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २ को हाईस काउन्टरको साईडमा बेवारिसे अवस्थामा फेला परेकी महिलाको उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिनु भयो । अन्दाजी ५० / ५५ बर्ष उमेरको देखिने मृतक महिलाको पहिचान हुन सकेको छैन । तीन दिन देखि वेवारिसे अवस्थामा त्यहि ठाउँमा बस्दै आउनु भएकी वहाँको उद्दारकार्यमा ढिलाई हुँदा ज्यान गएको स्थानियले बताएका छन् ।
समयमै सम्बन्धित निकायलाई जानकारी गराउदा पनि खासै चासो नदिएको स्थानियको गुनासो छ । सन्धिखर्क आसपासमा मजदुरी काम गर्दै आएको र उनको घर बाँस केही नभएको स्थानियको भनाई छ । वेवारिसे महिला भेटिएको बारे विभिन्न संचारमाध्यम बाट समाचार आएपछि शनिबार दिउँसो सम्बन्धित निकायले उद्दारमा चासो देखाएको थियो ।
जिल्ला अस्पतालका डाक्टर अमृत भट्टराईको सक्रियतामा सन्धिखर्क नगरपालिकाको महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा ,सेभ हाउस अर्घाखाँची र जिल्ला प्रहरीको टोलीले उद्दार गरि ती वेवारिसे महिलालाई जिल्ला अस्पताल लगिएको हो ।जिल्ला अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए । अहिले सवलाई पोष्टमाट्मका लागि सन्धिखर्क जिल्ला अस्पतालमा राखिएको छ ।
एता जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।आफ्नै घरमा गीत बजाउन वुफरको तार जोड्ने क्रममा नाङ्गो हातले अचानक तारमा छोएपछि विकलाई करेन्ट लागेको थियो ।करेन्टको झट्काले घाइते भएकी उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रतिक्रिया