अर्थ-वाणिज्य

विपन्नको सहयोगमा नेविसंघ र तरुण दल निरन्तर जुट्दै



कपिलवस्तु ५ असार । विपद् होस या अन्य समस्या समुदायमा देखिना साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गरेका छन् ।विश्वभर फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका  विपन्न तथा गरिब घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।

दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले शनिबार पनि खाद्यान्न वितरण गरेका छन् । वाणगंगा नगरपालिका ९ चौवाका १६ विपन्न घरपरिवारलाई दाल, चामल नुन लगाएत खाद्यान्न सामग्री वितरण गरेको छ ।विपन्न घरधुरीहरुलाइ  ५२ हजार बराबरको खाद्यान्न सहयोग गरेको  नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकानत पोख्रेलले बताए  । चौवाका १६ घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको जानकारी पाउन साथ उनिहरुलाई खाद्यान्न सहयोग गरेको उनले बताए ।

नेविसंघ र तरुणदल यस्ता सामाजिक कामलाई निरन्तरता दिने समेत उनले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा सभापति दिपक थापाले नेविसंघ र तरुणदलले गरेको सामाजिक काम स्रहानिय रहेको भन्दै नेपाली कांग्रेस सबै गरिव तथा दुखीको साथमा रहेको बताए  । समस्यामा परका गरिव तथा विपन्न वर्गको घरमा पुगेर सहयोग गर्ने  विगत देखी सुरु गरिएको र यसलाई निरन्तरता दिने तरण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले बताए ।

प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६