प्रदेश

जगदम्बा स्टिल उद्योगमा आगजनी धनजनको क्षति



काठमाडौं 6 असार । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आज बेलुकी साढे सात बजे आगलागी भएको छ । आगलागीमा परी दुई भारतीय मजदूरको मृत्यू भएको छ । उक्त आगजनीमा अन्य चार मजदूर घाइते भएका छन् ।

मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा नवराज चौलागाई, राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६