कपिलवस्तु ६ असार । कपिलवस्तुको बिजयनगर गाउ पालिकामा राखिएको उपाधयक्ष कोष महिलाकालागि उद्यम विकास र रोजगारबृद्धिमा उदाहरणीय हुदै गएको छ । सोही कोषवाट गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलाहरुलाई व्यवसायिक रुपमा अगाडी बढाउँदै लैजानु भएको छ । उपाध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महिलाको पहुँच बढाउन थुप्रै नँया निति तथा कार्यक्रम बनाउदै बजेट बिनियोजन गर्दै आउनुभएको छ ।
महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्धेश्यकासाथ उहाले गाउपालिकाका बिशेष गरि पछाडि परेका बिपन्न ,दलित ,एकल महिला ,मूश्लिम र जनजातिकाहरु बिभिन्न कार्यक्रम स्वारुप सहयोग प्रदान गर्ने नीति अख्तियार गर्नु भएको हो । अहिलेसम्म सयौ महिलाहरुलाई सिप तालिम ,अनुदानमा बाख्रा , मेसिनरी सामाग्री वितरण गरि ब्यवसायी बनाएको उहाले दावि गर्नु भयो । चौमासिक रुपमा महिला सञ्जालहरुको बैठक राख्दै उनीहरुको आवश्यकता ,माग र गुनासोहरुलाई सम्बोधन गर्ने गरि योजना बनाउने र कार्यान्वयन गर्ने काम जारी रहेको छ । गाउपालिका रहेका गरिब बिपन्न ,अशक्त र बिभिन्न समस्यामा पर्दै आएका महिलाहरुका लागि उपाध्यक्ष चौधरीले उपाध्यक्ष कोष खडा गर्नुभएको छ ।
यस्तै मधेशी ,दलित ,थारु ,जनजाति ,बिपन्न गरिब एकल महिलालाई लागि ५/५ लाख भनेर अनुदान कोषमा राखेको बताउनुहुन्छ । जुन अनुदानबाट केही समय अघि मात्र विपन्न महिलालाई बाख्रा वितरण गरिएको छ । विपन्न महिलाहरुले आयआर्जन गर्नुको साथै आत्मनिर्भर हुन सकुन् भन्ने उद्धेश्यले १६ जनालाई बाख्रा र दुई समुहलाई २ ओटा बोका वितरण गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया