प्रदेश

योजनाको प्रगती समीक्षा तथा जनप्रतिकृया संकलन



कपिलवस्तु ६ असार ।वाणगंगा नगरपालिका वडा नं ५ ले चालु आवका योजनाको प्रगती समिक्षा एवम ती योजनामा सरोकारवालाको जनप्रतिकृया संकलन कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा चालु आ ब २०७७/०७८ का योजना तथा कार्यक्रमहरुको बारेमा समिक्षा तथा आगामी आ ब २०७८/०७९ का लागि योजना तथा कार्यक्रमहरु तर्जुमा गर्ने सम्बन्धमा वडा भेला  भएको छ । जसमा वडा भित्रका समाजसेवी  राजनीतिक दल तथा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

चालु आबमा सम्पन्न भएका कार्यक्रमहरु र आगामी आबका लागि तर्जुमा हुने  सम्पुर्ण कार्यक्रमहरुका बारेमा सम्पुर्ण राजनितिक दल लगायत समाजसेवी एव टोल विकास संस्थाहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष  भिष्मराज भुसालको  अध्यक्षता  ,वडा सदस्य कृष्ण बहादुर चौधरीको स्वागत मन्तव्यमा  भएको थियो । कार्यक्रममा  नेकपा एमालेका वडा कमिटी अध्यक्ष बाबुराम अर्याल  नेपाली कांग्रेसका वडा सभापति शालिकराम पौडेल  , राष्टिय जनमोर्चा पार्टीका वडा कमिटी अध्यक्ष चेतनारायण पाण्डे ,पुर्व कोपवा गा वि स अध्यक्ष चिरञ्जिवी गिरी  लगायत टोल विकास संस्थाका अध्यक्षहरुको सक्रिय सहभागिता रहेको  वडा सचिव  दीपक पाण्डेले जानकारी दिनु भयो । 

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६