कपिलवस्तु ७ असार । कपिलवस्तु बाणगंगा वडा नं ७ र ९ लाई जोडने बनगाइ मोतिपुर भलवाड डोहोटे सडकमा पर्ने कोइली खोला को पुलकोलागि चालु आवमा थप बजेटको व्यवस्था भएको छ । छोटो समयमा डिपिआर बनाएर पुल निर्माणको लागि टेण्डर (ठेक्का सूचना ) समेत यसै आवमा भएकोमा कामको प्रगती हेर्दै बजेट थप भएको हो । प्रदेश सांसद विष्णु पन्थीका अनुसार डिपिआर टेण्डर ,वजेट र थप बजेट निकाशा एकै वर्षमा हुनु पुल निर्माणमा नयाँ रेकर्ड हो ।
उहाले सामाजिक सञ्जालमा खुशी प्रकट गर्दै लेख्नु भएको छ-स्मरण रहोस् गत बर्खामा यो खोलाले ४ जनाको ज्यान लिएको थियो । यहि खोलाले गत वर्ष विधुत कार्यलय जीतपुरका प्रमुख कृष्ण पौडेललाई वगाएर मृत्यू शैयामा पुराएको थियो । यस्तो पीडादायि कोइलीमा पुल बनाउन बजेट विनियोजन गर्ने प्रदेश सरकार , तदारुकताका साथ प्रक्रिया पुरा गर्ने प्रदेश सरकारका अधिकारीहरु , हामीलाई घचघचाउने स्थानीय सरकार र सरोकारवाला सबैलाई धेरै धेरै धन्यवाद दिन्छु सांसद पन्थीले भन्नु भएको छ ।
उहाले कपिलवस्तुको बाणगंगा रअर्घाखाँचीको सितगंगा वासीहरु लाई बधाई दिदै ूअघि बढदै छ कपिलवस्तु , बदलिदै छ कपिलवस्तु जोड्दै छ अर्घाखाचीलाई भन्दै खुशी प्रकट गर्नु भएको छ ।
प्रतिक्रिया