अर्थ-वाणिज्य

कच्चा विकास जारी :लुम्विनी प्रदेश सरकारको करोडौं खर्च औचित्यहीन



दाङ ७ असार। दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ घरदौरामा निर्माणाधिन सांस्कृतिक डबलीको निर्माण कार्य पूरा नहुँदै भत्किएको छ । सत्याम कन्स्ट्रक्सनले निर्माण जिम्मा पाएको उक्त डबली निर्माणको काम पूरा नहुँदै भत्किएको हो । चालुआर्थिक बर्षको चैतदेखि सुरु भएको शौचालय, घरको पछाडी तिरको गारो, दर्शक बस्नकालागि निर्माण गरिएको मञ्च भत्किएको छ । मञ्च भत्किएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना हुने गरेको छ । विगतमा एक करोडको लागतमा निर्माण भएको डलबी हेर्दा धेरैले पत्याएका थिएनन । त्यसको चौतर्फी आलोचना पनि भएको थियो ।

लुम्बिनी प्रदेश सरकारले डबली निर्माणकालागि प्रत्येक बर्ष करोडौं बजेट विनियोजन गर्दैै आएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको जिम्मा जिल्ला बन कार्यालय दाङले हेर्दै आएको छ । सोही डबलीमा थप संरचना निर्माणकालागि अहिले थप ५८ लाखको काम भइरहेको थियो । तर, अब निर्माण हुँदाहुँदै भत्किएकाले भुक्तानी नहुँने बन कार्यालयका ईञ्जिनियर र्कीतिसिंह जीसीले बताए ।“ डबलीको शौचालय भत्किएको छ, फिलिङ् गरिएको माटो राम्रोसंग रोलिङ नहुँदा मञ्च, वाल, दर्शक बस्ने सिट भत्किएको छ”, उनले भने“त्यो भत्किएको संरचनालाई पुनः निर्माण नगर्दासम्म हामीले भुक्तानी गर्दैनौं ।” राम्रोसंग माटो नदाविदा नियमितको बर्षादले भत्किएको उनको भनाई छ ।

लकडाउनले गर्दा काम पनि समयमा पूरा नभएको भन्दै पुनः म्याद थप गरेर भदौदेखि काम सुरु गरिने समेत उनले बताए । “समयमा काम पूरा हुन सकेको थिएन्, त्यसैले निर्माणाधिन अबस्थामा लामो समय छोडियो, त्यसले गर्दा पनि भत्किएको हो”, उनले भने“ अब म्याद थप गरेर भदौदेखि पुनः काम सुरु हुन्छ ।” जिल्लाको पर्यटन र संस्कृति संरक्षणकालागि संस्कृतिक डवली निर्माण गर्न लागिएको हो ।

छिल्लीकोटको वाल पनि भत्कियो
छिल्लीकोटको मन्दिर संरक्षणकालागि निर्माण गरेको पर्खाल पनि भत्किएको छ । लुम्बिनी प्रदेश सरकारको ३० लाख लागतमा निर्माण भएको पर्खाल भत्किएपछि अहिले मन्दिर जोखिममा रहेको मन्दिर व्यबस्थापन समितिका कोषाध्यक्ष प्रविर पुनले बताए ।“ ३० लाखमा प्रदेशको बजेटबाट काम भएको हो, त्यो काम पक्का भएको थिएन्, हामीले पटक–पटक ठेकेदार, सम्बन्धित नेपालगञ्ज स्थित पर्यटन कार्यालयलाई ध्यानाकर्षण गरायौं”, उनले भने“ तर, सुनुवाई भएन, अहिले हालत यस्तो भयो ।”

निर्माणको काम हेर्न आउदा पनि सट्याकसुटुक आएर गएको समेत उनले बताए । सिमेन्ट पनि थोरै राखेको,पक्का काम नभएको उनले बताए । जसले गर्दा त्यहाँको कालिका मन्दिरको पश्चिम तर्फबाट भत्नि थालेको छ । यसले ठूलो जोखिम निम्त्याएको उहाँले बताउनुभयो । छिल्लीकोट दाङको मुख्य पर्यटकीय क्षेत्र हो । तत्काल संरक्षणमा कुनै पनि ठाउँबाट चासो नदिएर ठूलो क्षति हुन सक्ने समेत कोषाध्यक्ष पुनले बताए । यस विषयमा वडाध्यक्षलाई फोन गरेर जानकारी गराएको समेत उनले बताए । वाल र रेलिङ निर्माणको काम बैशाखमा पूरा भएको हो ।

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६