प्रदेश

लुम्बिनी प्रदेशका ४ मन्त्रीले दायर गरेको रिट माथि आज सुनुवाइ हुँदै



बुटवल ७ असार ।लुम्बिनी प्रदेश सरकारमा हाल मन्त्री रहेका ४ जना प्रदेश सभा सदस्यले दायर गरेको रिट माथि आज सुनुवाइ हुँदै छ । जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ हुन लागेको हो । उक्त मुद्दाको पेशी न्यायधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ । 

जनता समाजवादी पार्टीको केन्द्र र प्रदेश संसदीय दलले कारवाही गरेकाले चार जनाकोे पद रिक्त रहेको सुचना प्रदेश सभा सचिवालयले निकाले पछि उनीहरु अदालत गएका थिए। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको उनीहरु बैशाख ६ गते प्रदेश सरकारमा मन्त्री बन्न गएका थिए ।

पार्टीको निर्णय विपरित मन्त्री बन्न गएको भन्दै जसपाको उपेन्द्र यादव पक्षले चार जनालाई कारवाही गरेको थियो । कारवाहीको सुचना प्रदेश सभा सचिवालयबाट जारी भएपछि उनीहरु पदमुक्त भएका थिए । महन्त ठाकुर पक्षले भने एक पक्षिय कारवाही मान्य नहुने बताएको थियो । 

कारवाहीको सूचनाविरुद्ध सन्तोष पाण्डे लगायत चार जनाले प्रदेश सभा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । जेठ ३ गते सर्वोच्च अदालतले कारवाहीको सुचना तत्कालको लागि कार्यान्वयन नगर्नु भनि अल्पकालिन अन्तरिम आदेश दिएको थियो । आज उक्त रिट माथि दुबै पक्षले बहस गर्ने छन्। बहस पछि अन्तरिम आदेश जारि हुने कि नहुने भन्ने बारेमा टुंगो लाग्ने छ । 

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६