कपिलवस्तु ७ असार। आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा थप खुकुलो सहीत एक साता निषेधाज्ञा थप गरिएको छ ।कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा सातौे पटक निषेधाज्ञा थप गरिएको हो । असार ८ देखि असार १४ सम्मकालागि निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ ।
आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रशासन, मालपोत र नापी कार्यालयको केही सेवाहरु असार ८ देखि सुरु गर्ने निर्णय गरिएको छ । प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताउनु भयो । असार १४ गते १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ ।
अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयको भनाइछ । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी बढाउदै दैनिक बिहान ९ बजे देखि दिउसो ५ जे सम्म समय तोकिएको छ । बैकिङ र सरकारी कार्यालय खुला गरिएको छ । यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ । सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । जिल्लामा १ सय ७३ सकृय सक्रमित छन । संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई थप खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेको भनाइछ ।
प्रतिक्रिया