अर्थ-वाणिज्य

अर्घाखाँची : जिसस उपप्रमुख र मेयर सहित ८ जनप्रतिनिधी पदमुक्त



अर्घाखाँची   ८ असार । अर्घाखाँचीमा एकै साथ जिसस उपप्रमुख र मेयर सहित ८ जनप्रतिनिधी पदमुक्त  हुने भएका छन् । उनीहरु सर्वाेच्च अदालत गएर पद थमौती पाएको अवस्थामा वाहेक पदमुक्त हुने निश्चित भएको हो । माओवादी केन्द्रले एमालेमा लागेका आफ्ना डेढ दर्जन स्थानीय तहका प्रतिनिधीलाई कारवाही गर्ने क्रममा अर्घाखाँचीमा ८ जना कारवाहरी परेका हुन् । सोही क्रममा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा अब पदमुक्त हुने भएका छन् ।

नेकपा माओवादी केन्द्रको सिफारीसमा २०७४ सालमा चुनाव जितेका थापा लगायतलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएसँगै पदमुक्त हुने भएका हुन् । नेकपा माओवादी केन्द्रले आज दल त्याग गरेर नेकपा विभाजनपछि एमाले रोजेका १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई निष्कासन गरी निर्वाचन आयोगमा जानकारी गराएको जानकारीमा गराएको थापाको नाम सहित जिल्लाबाट केही वडाअध्यक्ष,लगायतका जनप्रतिनिधिको नाम समावेश भएको छ । पदमुक्तबारे केही दिनमा निर्वाचन आयोगले जानकारी गराउने बताइएकोछ।

नेकपा एमालेमा लागेका भुमिकास्थान नगरपालिकाका मेयर रेशम थापा बाहेक जिल्ला समन्वय समिति उपप्रमुख ऋषि वहादुर पुलामी, भुमिकास्थान नगरपालिका वार्ड नं ३ का अध्यक्ष बालकृष्ण बञ्जाडे, शितगंगा नगरपालिका वार्ड  नं ९ का अध्यक्ष भिम वहादुर खत्री क्षेत्री, मालारानी गाउँपालिका वार्ड नं ६ का अध्यक्ष नारायण अर्याल, सन्धिखर्क नगरपालिका वार्ड नं ९ का सदस्य विष्णु प्रसाद आचार्य र मनकला दमाई, सितगंगा नगरपालिका वार्ड नं ९ का सदस्य खुम वहादुर लुईचे रहेका छन् ।  

सर्वेच्च अदालको फैसलापछि पुरानै अवस्थामा पार्टीका सम्पुर्ण गतिविधी भएको भन्दै नेकपा माओवादी केन्द्र अर्घाखाँचीले गत वैशाख २४ गते नेकपा माओवादी केन्द्र जिल्ला संयोजक ठाकुर कुमार विक ( किशोर)ले लिखित स्पष्टीकरण सोधेका थिए ।२०७५ जेष्ठ ३मा नेकपा एमाले र माओवादी केन्द्र मिली बनेको नेकपा लाई २०७७ फागुन २३ मा अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा पुराएको थियो । यस अगाडि एमालेमा लागेका टोपबहादुर रायमाझीको सांसद पद र चन्द्रबहादुर खड्काको राष्ट्रिय सभा सदस्य पद गएको छ । 

प्रकाशित : ८ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६