अर्थ-वाणिज्य

सस्तो लोकप्रियतामा पछि परेपनि अरु सबैमा अगाडी : उपमेयर अर्याल



कपिलवस्तु ९ जेठ । बाणगंगा नगरपालिकाका  नगर उपप्रमुख चक्रपाणी अर्यालले केहिदिन अघि आएको वाढीले क्षेतीग्रष्त वनाएको बनगाईको कजवे वनाउन टेण्डर भई सकेको वताउनु भएको छ । उहाले सार्वजनिक सुनुवाइमा उठेका नागरिक जिज्ञासा र प्रतिकृयाको संबोधन गर्दै यस्तो वताउनु भएको हो । उहाले भन्नु भयो बाणगंगाले सस्तो लोकप्रियता कमाउने काम कम गरेको छ।


तर योजनावद्ध विकास निर्माण, सेवा सुविधाको समय सापेक्ष सुधार ,जनरिचालन र सामुदायिक शशक्तिकरण , शुासान र पारदर्शीताको सवाल र मतदातको विश्वास प्रतिको सधैव जवाफदेहिता वाणगंगाका उदाहरण हुन उहाले भन्नु भयो ।अर्यालले   नगर भित्र छाडा पशुचौपायको व्यवस्थापन जटिल बन्दै गईरहेको बताउनुभयो । छाडा पशुचौपायको व्यवस्थापन लागि  ८ करोडको लागतमा मधुवनधाममा गौशाला निमार्णका लागि डिपिआर तयार गरि निमार्ण कार्य अगाडी बढेको बताउनुभयो । 

वडा नं. ७ मा आजोजित सार्वजनिक सुनुवाई कार्यक्रममा  बोल्दै उहाले यस्तो बताउनुभएको हो ।  त्यस्तै नगरमा सिंचाईको लागि प्रदेश सरकारबाट आगामी बर्षका लागि ७ करोड बजेट आएको उहाले जानकारी दिनु भयो । त्यस्तै बनगाई कजवे पुल निमार्णका लागि पनि बजेट विनियोज भई टेण्डर समेत आह्वान भईसकेको उपप्रमख अर्याले प्रष्टाउनु भयो  ।  

वडा अध्यक्ष विष्णु गिरको अध्यक्षतामा सम्पन्न भएको सर्वाजनिक सुनुवाई कार्यक्रममा वडाबासीले  जिज्ञासा गुनाुा तथा सुझावहरु व्यक्त गरेका थिए । कार्यक्रममामा वडा अध्यक्ष विष्णु गीरीले वडाबासीका गुनासालाई सम्बोधन गर्दै वडाको विकासमा सधै वडाबासीको अपेक्षा अनुसार नै अगाडी बढ्ने बताउनुभएको थियो । यो वडा कपिलवस्तुका सबै पालिकाका वडा भन्दा भिन्दै र विशिष्ट छ भन्ने पहिचान दिने गरी काम गरेको दावि गर्नु भयो । 

सरसफाई ,सेवा प्रवाह ,सुशासन , पारदर्शीता , र जवाफदेहितामा वडा नं ७ प्रतिस्पर्धा भन्दा माथि रहेको उहाको भनाइ थियो । कार्यक्रमको सहजिकरण रेडियो बुद्धआवाजका समाचार प्रमुख ओम प्रकाश पौडेलले  गर्नुभएको थियो । वडा कार्यालयको सहयोग तथा बुद्धआवाज टेलिभिजनको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।


प्रकाशित : ९ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६