कपिलवस्तु ९ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले चालु वर्षको भन्दा १० करोड बढीको वजेट सार्वजनिक गरेको छ । चालु वर्षका लागि १ अर्व १८ करोडको वजेट रहकोमा आगामी वर्षका लागि १ अर्व २८ करोडको वजेट ल्याइएको हो । उपप्रमुख चक्रपाणी अर्यालले वजेट प्रस्तुतगर्दै गर्नु भएको प्रगती समीक्षामाचालु आवको जेठ मसान्त सम्मको वित्तिय प्रगती ५८ प्रतिशतरहेको उल्लेख छ ।
आगामी वर्षका लागि प्रस्तुत १ अर्व २८ करोड मध्ये चालु खर्चकालागि ८७ करोड छुटटायएको छ भने पूजिगत र अन्यखर्चका लागि ४१ करोड विनियोजन गरिएको छ । वाणगंगाका ११ वटा वडाहरुकालागि १२ करोड बजेटको सिलङ छुटाइएको छ । यताआन्तरीक राजश्वआम्दानीतर्फ ४ करोड हुने उल्लेख गरिएको छ । वजेट प्रस्तुतगर्दै उपमेयर अर्यालले भन्नु भयो ।
वजेट सार्वजनिकीकरण कार्यक्रममावोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बाणगंगाले नगरको विकासकालागिप्रदेश र संघवाट समेत उल्लेख्य बजेट पाउदै आएकाले विकासमा फड्को हान्नेगरी कार्यान्वयन गर्न आग्रह गर्नु भयो । खर्च भएनफ्रिजभयो भन्ने तर्क वाणगंगाले गर्न नसुहाउने उहाले स्पष्ट पार्नु भयो ।
यताप्रदेश सांसद विष्णु पन्थीले प्रदेश सरकारवाट वाणगंगाका कतिपय वडाले ८ /१० करोड सम्म वजेट पाएकाभएपनिकतिपय वडाले १/ २ करोड मै चित्तबुझाउने स्थिती देखिएको भन्दै ठूला योजना जुन प्रदेशले संवोधन गर्नु पर्ने हुन्छ तीनको समयमै डिपिआर वनाएर पेश गर्न सकेका वडाहरुमा वजेटको कमी नभएको वताउनु भयो ।
मेयर मंगल प्रसादथारुको अध्यक्षता ,वडाध्यक्ष भिष्मराज भुसालको सहजीकरण , नगरप्रबक्ता विष्णु पौडेलको स्वागत मन्तब्य बीच भएको कार्यक्रममा संविधान सभा सदस्यत्रय बलराम अधिकारी ,डोर प्रसाद उपाध्याय र विश्रामथारुले वोल्दै आफूहरु संसद भएका बेलाबनाएका ठूला योजनाको डिपिआर अनुसार पछिल्ला बर्षमा लगातार बजेट आएको दावि गर्नु भएको थियो ।
वजेट सार्वजनिकीकरण समारोहमा एमालेका स्थानीय नेता अमित पौडेल कांग्रेसका विष्णु थापा , माओवादी केन्द्रका टेकेन्द्र क्षेत्री, उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नागरिक समाजकाअध्यक्ष दोलखवहादुर पछाई ,पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी लगायतले शुभकामना दिनु भएको थियो ।
प्रतिक्रिया