अर्थ-वाणिज्य

साढे तीन अर्बको बजेट ल्याउने पालिकाको तयारी



तुलसीपुर ९ असार। तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक बर्षका लागि ३ अरब बजेट ल्याउने तयारी गरेको छ । उपप्रमुख माया आचार्यले भोली हुने नवौ नगरसभामा आर्थिक बर्ष २०७८/०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउन लागेको तुलसीपुर उपमहानगरपालिका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

प्रवक्ता डाँगीका अनुसार विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब ६२ करोड, १६ लाख अनुमानित बजेट पेश गर्ने तयारी गरिएको छ । जुन कुल बजेटको ४७.७० प्रतिशत हुन आउँछ । त्यसैगरी सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गरिएको छ । वडा तर्फ प्रतिवडा एक रोड ७० लाख बजेट दिने तयारी गरिएको छ भने कार्यपालिका सदस्यहरुको सिफारिसमा खर्चहुनेगरी प्रति व्यक्ति ४० लाख बजेट विनियोजन गरिएको छ । कार्यपालिकामा मनोनित सदस्यको संख्या ७ जना रहेको छ ।

गत बर्षको तुलनामा आगामी बर्षका लागि एक अरब भन्दा बढी बजेट ल्याउन लागिएको छ । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार वजेट विनियोजन गरिएको थियो ।

प्रकाशित : ९ असार २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६