कपिलबस्तु ९ असार । देशकै मुख्य मध्येको एक भन्सार नाका रहेको कृष्णनगरको विकास प्रदेशको श्रोत बृद्धिको आधार भएको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले वताउनु भएको छ । उहाले कृष्णनगर क्षेत्रको विकासकालागि सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । मन्त्री पाण्डेले कृष्णनगर नगरपालिका वडा नं. १ मा पर्ने शिवानगर छितौनी जोड्ने पुलको उद्धघाटन गर्दै सो कुरा बताउनु भएको हो ।
आउने दिनमा सामग्र लुम्बिनी प्रदेशलाई पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराउने उहाले भनाछ । पुलको उद्घाटन गर्दे मन्त्री पाण्डेले शिवानगर छितौनी जोड्ने सडकको निर्माण छिटै सम्पन्न हुने उहाको भनाई रहेको छ । तपाई हरुको रकम सरकारसंगै रहेकोले तपाईहरुको रकम व्याज सहित फिर्ता गर्ने छां मन्त्री पाण्डेले भन्नु भयो । उक्त सडक बनाउन मन्त्री पाण्डेले प्रतिबद्धता समेत गर्नु भएको छ ।
कृष्णनगरमा सिचाईको लागि पनि बजेट विनियोजन गरिएको उहाले जानकारी दिनु भयो । सिचाईको लागि मर्चवारका साथै कृष्णनगर पनि मेरो पहिलो प्राथमिकता रहेको छ मन्त्री पाण्डेले भन्नुभयो । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पानी परेपछि छितौनी बासीलाई धेरै समस्या भोग्नु परेको बताउनुभयो ।
विकासको काममा सडक पुलको आहम भुमिका रहेको नगर प्रमुख शाहले तर्क गर्नु भयो । उक्त पुल नगरपालिकाको ३ करोड लगातमा निर्माण गरिएको उहाले बताउनुभयो । कार्यक्रममा सामाजसेवि शैलेश प्रताप शाह, प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्की, बडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया