कपिलवस्तु ९ असार ।कपिलवस्तुमा प्रेमीसंग मिलेर आफ्नै श्रीमान मारेको घटना सेलाउन नपाउदै श्रीमानको दवावमा परेर प्रेमीको हत्या गरेको अभियोगमा वासमति कहार सहित ३ जना पक्राउ परेका छन् । प्राप्त विवरण अनुसार एक युवकको हत्या गरेको आरोपमा कपिलवस्तु नगरपालिका– ८ बैलौहवाका ३ जना पक्राउ परेका हुन् । गत असोज ७ गते पुर्व डिह बलौहवा स्थित पोखरीमा स्थानीय १८ बर्षिय बिजय बहादुर कुर्मीको हत्या गरी पोखरीमा फालिएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक नवराज अधिकारीले घटनामा सलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताउनुभएको छ ।
पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान अनिल र रमेश कहार रहेका छन । घटनाको अनुसन्धान गर्दै जाँदा मृतक बिजय बहादुर कुर्मीको स्वभाविक मृत्यु नभएको साथै मृतकको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको खुल्न आएको अधिकारीले बताउनुभयो । सोही बिषयलाई लिएर अनिल काहार समेतले करिव एक महिना पहिले मृतक कुर्मीलाई कुटपिट गरको थिए ।
एक दिन अघि बिवाहको भोजमा गई फर्केका अनिलले असोज ४ गते युवकलाई आफनो घरमा भेटाएपछि आक्रोसित बनेका थिए । त्यही निहुमा अनिल उनकी श्रीमति बासमती र रमेशले मिलेर विजयको हत्या गरी शवलाई गाउ नजिकै रहेको पोखरीमो झाडीमा फालेका थिए । मृतक बिजय बहादुर कुर्मीलाई आफ्नै कोठाभित्र ३ जना मिलेर मृतकले घाँटीमा लगाएको माला कसेर कुटपिट गरेर मारेको प्रहरी उपरिक्षक अधिकारीले बताए । लाश दवाउनका लागी पोखरीमा लेर फालिएको थियो । घटनाको अनुसंधान र पक्राउ परेका ३ जनासंग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया