कपिलवस्तु १० असार । कपिलवस्तुको बिजयनगर गाउपालिकाले गाउसभा मार्फत प्रस्तुत गरेको कार्यकालको अन्तिम बजेट नीति एवम कार्यक्रममा केहि नयाँ रोचक र जनमुखी कार्यक्रमहरु अघि सारिएका छन् । अन्तिम मौकामा चौका हान्दै गाउपालिकाका अध्यक्ष गोपाल थापाका तर्फवाट छोरी पढाउ अभियान , हिलाम्मे र धुलाम्मे सडक मुक्त अभियान ,चक्रपथ निर्माणको निरन्तरता ,२८३ घरपरिवारलाई सुरक्षित आवास निर्माण गरिदिने ,रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम , कृषिमा उत्पादकत्व बृद्धि गर्ने ,एक वडा एक बिउ बैंक सञ्चालन गर्ने ,एक गाउ एक पकेट क्षेत्र ,निशुल्क रुपमा स्वास्थ्य सेवा दिने खालका कार्यक्रम सञ्चिालन हुनेछ ।
यस्तै उपाध्यक्षको लक्ष्मी चौधरीको तर्फवाट मातृशिशु कार्यक्रम ,वडाहरुलाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने खालका कार्यक्रमहरु ल्याईएको बताउनु भएको छ । चौधरीले समुदाय स्तरमाबाट आएका काम र आवश्यकतालाई सम्बोधन गर्ने गरि यस बर्ष कार्यान्वयनको चरणमा जाने बताउनुभयो । सबै बर्गका समस्यालाई सम्बोधन गर्ने खालका कार्यक्रम र बजेट बिनियोजन गरेको उहाको भनाई रहेको छ ।
यता आगामी आर्थिक बर्षका लागि बजेट संगै निति तथा कार्यक्रम सार्बजानिक गरिएको हो । गाउपालिकाले नवौ गाँउ सभा मार्फत आगामी आर्थिक बर्षका लागि कृषि ,शिक्षा ,स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम र बजेट बिनियोजन गरेको छ । गाउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नवौ गाँउ सभामा आगामी आर्थिक बर्षका लागि २०७८ ÷७९ का लागि ५५ करोड ७१ लाख ७४ हजार बजेट प्रस्तुत गर्नुभएको हो । चालु आर्थिक बर्षको तुलनामा यस बर्ष कम बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक २०७७ /७८ मा ६० करोड ५३ लाख २१ हजार बजेट ल्याईएको थियो ।
सभामा बजेटको समिक्षा गर्दै उपाध्यक्ष चौधरीले जेष्ठ मसान्त सम्म ४८ प्रतिशत मात्र रकम खर्च भएको जनाउनुभएको छ । आगामी वर्षका लागि प्रस्तुत ५५ अर्व ७१ लाख ७४ हजार बजेट मध्ये चालु खर्चका लागि ३१ करोड २० लाख छुट्याइएको छ , भने पुजिगत तर्फ २४ करोड ५१ लाख ४९ हजार बिनियोजन गरिएको छ ।
यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेम जोड दिएको अध्यक्ष थापाले बताउनुभयो । विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिबेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताउनुभयो । वजेट तथा निति कार्यक्रम सार्वजनिकीकरण समारोहमा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्राईको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया