अर्थ-वाणिज्य

लुम्विनीका विपक्षीदल गैर जिम्मेवार ,सभामुख पूर्वाग्रही : मन्त्री चौधरी



बुटवल १० असार  ।लुम्बिनी प्रदेश सरकारले विपक्षी दलका कारण बजेटमाथि छलफल हुन नपाएको बताएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका अरु मन्त्रीहरुलाई समेत राखेर गरेको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विपक्षी दलले अनेक बहानामा सरकारले ल्याएको बजेटमाथि छलफल हुन नदिएको बताए।उनले भने विपक्षीदल गैर जिम्मेवार रहे । सभामुख पूर्ण वहादुर वोहरा सभामुखको भुमिकामै रहन सकेनन् । 

उनी एउटा पार्टीको कार्यकर्ताका रुपमा देखा परे । सभामुखले सत्तापक्ष र प्रतिपक्षीलाई संगै राखेर छलफलवाट निकास खोज्नुको सटटा एकपक्षिय रुपमा बैठक लामो समयकालागि स्थगन गरेर सभामुखले राम्रो गरेनन् उनले भने । इतिहासले समिक्षा गर्दा सभामुख पार्टी कार्यकर्ताको लेवल भन्दा माथिको हैसियतमा नरहेने उनले चुनौती दिए । 

उनले बजेटमाथि छलफल गरेर साउनमा प्रक्रिया अघि बढाउने तयारी गरेपनि विपक्षी दलहरुको अवरोधका कारण संसद स्थगित भएको र बजेटमाथि पर्याप्त छलफल हुन नपाएको बताए।उनले विपक्षी दलले एजेन्डामा छलफल गर्नुको सट्टा बहानाबाजी गरेको आरोप लगाए। मन्त्री चौधरीले विपक्षी दलहरुसँग छलफल भएर सदनमा बजेटमाथिको छलफल अघि बढाउने सहमति भएपनि सहमतिको पालना नगरेको आरोप लगाए।

उनले सरकारले पेश गरेको ४० अर्ब ९५ करोड ९७ लाखको बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुले छिटै नै काम थाल्ने बताए। आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब ६० करोड ७२ लाखले बढी रहेको जनाउँदै उनले कोभिड नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन सरकारले प्राथमिकता दिएको बताए।

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६