अर्थ-वाणिज्य

सैनामैनामा सवा अर्वको बजेट : आन्तरीक श्रोत २४ करोड



बुटवल १० असार।रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौं नगरसभाको तेस्रो वैठकमा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण, अधुरा आयोजनालाई पूर्णता, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।


प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैयाँ विनियोजन गरिएको छ ।त्यसैगरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने श्रोतका रुपमा आन्तरीक तर्फ २४ करोड राखिएको छ भने अरु माथिल्ला सरकारवाट आउने भनिएको छ । 


ती स्रोत मध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक स्रोतबाट आव २०७७/७८ बाट मौजदात बाँकी रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६