बुटवल ११ असार । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव नेपाललाई अन्य विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन थालेको गम्भीर आरोप लगाएका छन् ।अनेरास्वबियूका पुर्व अध्यक्ष समेत रहेका युवा नेता भटराईले माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् ।
विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेका छन् । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठवन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले सामाजिक सन्जाल फेसबुकमा उनले लेखेका छन् ।पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होशियार बनौँ ।’ भटराईले सबैलाई आग्रह गरेका छन् ।








प्रतिक्रिया