बुटवल ११ असार । लुम्विनीका ३ जिल्लामा सिंचाईको समस्या समाधान गर्न पहिलैदेखि उठ्दै आएको कालीगण्डकी ड्राइभर्सन गरी तिनाउमा ल्याउने कामको औपचारीक शुभारम्भ हुन लागेको छ । अर्थ, गृह तथा सिंचाई मन्त्री बिष्णु पौडेल सनिवार विहान सोही आयोजनाको कार्यलय उद्घाटन गर्न गृह जिल्ला रुपन्देही आउन लाग्नु भएको हो । सुक्रवार मात्रै उप्रधानमन्त्री संगै अर्थ,गृह, उद्योग बाणिज्य तथा आपुर्ती उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका पौडेल आफुले करीव १५ बर्ष देखि उठाउदै आएको कालिगण्डकी तिनाउ ड्राईभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय उद्धघाटनका लागि आउन लाग्नु भएको हो ।
पौडेलले निरन्तर रुपमा कालिगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदिमा मिसाई रुपन्देही कपिलबस्तु र नवलपरासीको खेतियोग्य जमिन सिञ्चाई गर्ने बताउदै आउनु भएको थियो ।यो आयोजनालाई सपना भनेर ब्यंग्य गर्नेहरुले अव औपचारीक काम शुभारम्भ पछि कस्तो प्रतिकृया जनाउने हुन् हेर्नवाँकीछ । सनिवार बिहान डाईभर्सन कार्यालयको उद्धघाटनपछि सुख्खानगर स्थीत पुष्पलाल भवनमा रहेको पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको नेकपा एमाले रुपन्देहीका प्रचार बिभाग प्रमुख मोहन चापागाईले बताउनु भयो ।








प्रतिक्रिया