पर्यटन

प्रशासन ,प्रहरी र पत्रकार मिलेर मात्र नियन्त्रण हुँदैन : प्रजिअ



कपिलवस्तु ११ असार । कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध प्रशासन ,प्रहरी र पत्रकार लागेर मात्र नहुने भन्दै हरेक ब्यक्ति परिवार र समाज यसका विरुद्ध नलागे सम्म नियनत्रण नहुने दावि गर्नु भएको छ । अन्तराष्ट्रिय दिवस २०७८ अन्तर्गत कपिलवस्तुमा भएको सामुहिक अन्तक्रिया तथा खुला छलफल मा यस्तो वताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

लागु औषध रहित परिवार, स्वस्थ जीवनको आधार भन्ने मुल नारका साथ उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपि) धर्मराज भण्डारीले लागु औषध भनेको के हो ? यसका असर, यसबाट छुटकारा पाउने तरिका र यसका प्रकार तथा कच्चा पदार्थहरुको बारेमा स्पष्ट पारेका थिए । उनले धर्म संस्कृतिको नाममा समाजमा लागु औषध तथा दुवर््यसनीको दुरुपयोग बढेकाले सबै जना सचेत हुनुपर्नेमा जोड दिएका थिए । कपिलवस्तु जिल्लाको चालु आर्थिक बर्ष २०७७÷७८ मा लागु औषध सम्बन्धी विवरण समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले नयाँ पुस्ता, युवाहरु लागु औषध दुवसनीमा फसेकाले राज्य संयन्त्रले नै अझ प्रभावकारी रुपमा पहल गर्नुपर्ने सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायत जिल्लाका सक्रिय सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६