अर्थ-वाणिज्य

सभ्यता बचाउन ,रिचार्ज गर्न र आपूर्ति बढाउन गेम चेन्जर परियोजनाको शुभारम्भ :मन्त्री पौडेल



बुटवल १२ असार । तिनाउ नदीमा आधारीत सभ्यता वचाउन , तराईमा सुक्दै गरेका पानीका भूमिगत श्रोत रिचार्ज गर्न ,एकैसाथ सिंचाई र जलविधुतको आपूर्ति बृद्धि गर्न काली गण्डकी तिनाउ ड्राइभर्सन गेमचेन्जर प्रोजेक्ट  भएको गृह ,अर्थ तथा सिंचाई मन्त्री विष्णु पौडेलले दावि गर्नु भएको छ ।

उहाले रुपन्देहीका बुटवल, भैरहवा, लुम्विनी सहितका  शहरहरुमा जनघनत्व बढ्दै  जाँदा यहाँको सबैभन्दा ठूलो जलस्रोत मानिने तिनाउ नदीमा पानीको सतह घट्दै गएपछि  तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि यो आयोजनाको परिकल्पना गरेर पहिले मन्त्री हुदा काम अघि आफैले बढाएको  उहाले स्पष्ट पार्नु भयो  । यो संगै बहुप्रतिक्षित र महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अघि बढेको छ।

सिंचाई मन्त्री पौडेलले बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गर्दै यस्तो वताउनु भएको हो । कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही नवलपरासी र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने उहाले वताउनु भयो । उहाले कालीगण्डकी(तिनाउ डाईभर्सन अब सपनाको विषय नरहेको भन्दै कार्यान्वयनका रूपमा अघि बढ्नेको स्पष्ट पानभयो  मन्त्री पौडेलले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने र यसले लुम्बिनीका साथै मुलुककै मुहार बदल्ने तर्क गर्नुभयो ।

 बुटवलमा कार्यालय स्थापना संगै अब यो बर्षभित्र सक्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डिपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले वताउनु भयो  । आगामी एक बर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको आयोजना प्रमुख कैनीको भनाई छ । प्रारम्भिक अध्ययन भएको लामो समय भइसक्दा पनि डिपिआर सम्पन्न हुन  नसकेर अन्योलमा रहेको यो आयोजनाको कार्यालय स्थापना भएसंगै अब आयोजना अघि बढ्ने आशा पलाएको छ । 

प्रकाशित : १२ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६