अर्घाखाँची १२ असार ।अअर्घाखँचीका सबै पालिकाले सार्वजनिक गरेको बजेट भन्दा दाङका पालिकाको वजेट २ गुणबढी पाइएको छ । जस अनुसार र्घाखाँची जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले २०७८र०७९ का लागि ४ अर्ब ७० करोड ५१ लाख बढी बजेट सार्बजनिक गरेका छन्।
शीतगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाले उक्त बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका ६ वटै स्थानीय तहले कोभिड १९ नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट पारित गरेका छन् ।
यता दाङका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि झण्डै साढे १० अर्बको बजेट विनियोजन गरेका छन् । बिहीबार दाङका दश वटै स्थानीय तहले १० अर्ब ४९ करोड ६० लाख ५४ हजार २ सय ५३ रुपैयाँको बजेट ल्याएका हुन् ।दाङमा दश स्थानीय तहमध्य दुई वटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।असारको दोश्रो साता सार्वजनिक वजेट अनुसार १० अर्वको वजेट आएको छ।
प्रतिक्रिया