ललितपुर १३ असार। मुलुककै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आइतबारदेखि प्रारम्भ हुँदैछ।
निर्माण सम्पन्न भएको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि प्रशारण लाइनमा जोड्न लागिएको हो। माथिल्लो तामाकोसीबाट उत्पादन हुने राष्ट्रिय प्रणालीमा जोड्न खिम्ति सवस्टेशनमा तार तान्ने काम भएको छ। आइतबारदेखि शनिबारसम्म एक साताका लागि खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुनेछ। यस बीचमा खिम्तीलगायत अन्य आयोजनाबाट उत्पादन हुने बिजुली आपूर्ति बन्द हुनेछ।
माथिल्लो तामाकोसीको बिजुली केन्द्रिय प्रशारण लाइनमा जोड्ने र त्यही क्रममा खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने सूचना नेपाल विद्युत प्राधिकरणले निकालेको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले आयोजनाबाट उत्पादित हुने बिजुलीलाई तार तानेर खिम्ती सवस्टेशनसम्म पुर्याउन बीचमा रहेको खिम्ती लामो साँघु १३२ केभी प्रसारण लाइन एक साताका लागि बन्द गर्न लागिएको जानकारी दिएका छन्। तार खिम्ती सवस्टेशनको प्रणालीमा आबद्ध गरिएपछि माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादन हुने पहिलो युनिटको बिजुली प्रसारणलाइनबाट प्रवाह गर्ने काम सुरु हुनेछ
प्रतिक्रिया