प्रदेश

प्रहरी उपरीक्षक अधिकारीलाई नागरिक अगुवाको सम्मान



कपिलवस्तु १३  असार । कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सदरमुकाम तौलिहवामा नागरिक अगुवाले विदाई गरेकाछन् । मधेश मानव अधिकार गृह र कोभिड विरुद्धको साझा प्रयास अभियानले जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक  अधिकारीलाई सम्मान सहित विदाई गरेको हो । अभियानका संयोजक रवि ठाकुरले प्रहरी उपरीक्षक अधिकारीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

सो अवसरमा साझा प्रयास अभियानका सचिव राजेश ज्ञवाली, नागरिक अगुवा राम दयाल ठाकुर लगायतले प्रहरी उपरीक्षक अधिकारीको एक वर्षे कार्यकालमा नेपाल प्रहरीका तर्फबाट जिल्लामा भए गरेको कामको प्रंशसा गरेका थिए । सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफु र आफ्ना मातहतका प्रहरी टोलीले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय राख्न जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज, जिल्लावासीबाट पुर्ण सहयोग पाएको बताए । प्रहरी अधिकृतहरुको सरुवा एक नियमित प्रक्रिया भएका कारणले आफ्नो समय पुरा भएका कारण आफु जान लागेको र जिल्लामा अब आउने प्रहरी उपरीक्षक दान बहादुर कार्की पनि योग्य, विद्धान र उत्कृष्ट प्रहरी अधिकारी रहेको बताए ।

प्रकाशित : १३ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६