अर्थ-वाणिज्य

चलखेल उच्च: पुनश्थापनामा प्रचण्डले भने नहोऔ ढुक्क



काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भए पनि अझै ढुक्क भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

आज (सोमबार) नयाँबानेश्वरमा आयोजित कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भए पनि ढुक्क भएर बस्ने अवस्था नभएको बताएका हुन् ।

‘संसद त पुनःस्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन’ अध्यक्ष प्रचण्डले पुनःस्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था नरहने बताएका छन् । ‘त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइ राख्नु पर्छ’ प्रचण्ड भने । उनले कोभिडका कारण लाखौं जनता सडकमा आउन नपाइरहेको भन्दै अन्यत्र संयन्त्रबाट असंवैधानिक कदमका विरुद्ध संघर्ष जारी राख्नुपरेको बताएका छन् ।

उनले सरकारका सवै असंवैधानिक काम र निर्णयहरुलाई गठबन्धनले नस्वीकार्ने पनि बताए । प्रचण्डले गठबन्धनको सरकार बनेपछि पहिलो प्राथमिकता जनताको जीउधनको रक्षा गर्नेमा हुने बताए । ‘संसद पुनः स्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ’, प्रचण्डको भनाई छ ।

उनले प्रधानमन्त्रीको गालीगलौज सुन्न पनि लाज लाग्ने भएको भन्दै उनका अभिव्यक्ति ओरालो लागेको बुझिएको बताए । तर उनले अझै गोटी चाल्न सक्नेतर्फ चनाखो हुनुपर्ने बताए । ‘खतराको घण्टी सकियो भनेर ढुक्क हुने अवस्था छैन तर संकेतहरु सकारात्मक छन् । राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने कल्पना नगरेको भन्दै अहिले त्यस्तो भएको प्रचण्डले बताए ।

उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि धेरै छलफल र बहस गरेर नै गठबन्धन बनको र यो परैसम्म जाने पनि बताए । उनले सम्बृद्धिको यात्रा, विकास र स्थायित्वका लागि एमालेसँग एकता गरेको स्मरण गराउँदै केपी ओलीले आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमति गर्ने तर पालना नगर्ने प्रवृत्तिका कारण एकता नटिकेको बताए । ‘एकै दिन तीन जनलाई बोलाएर तपाईं नै प्रधानमन्त्री र अध्यक्ष बनाउन सक्ने ओली बाहेकका नेता अरु छैनन्’ प्रचण्डको भनाइ छ । उनले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने तर आफै भ्रष्टाचारमा संलग्न भइरहेको देखिएको बताए ।

‘संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्नुबाहेक अरु कुनै स्वार्थ छैन । यहाँ ओली प्रवृत्तिका नेता छैनन् । ओली गणतन्त्र, धर्म निरपेक्षताको पक्षमा पनि होइनन्’ प्रचण्डको भनाई छ । उनले संविधान नरुचाउने शक्तिहरु केपी ओलीका नजिक हुन पुगेको भन्दै ओलीको राष्ट्रवाद उदांगो भैसकेको बताए

प्रकाशित : १४ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६