अर्थ-वाणिज्य

चिनले नेपाललाई ६८ लाख खोप दिने :. असार भित्र ३० लाख आउने



काठमाडौं १५ असार। चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।  बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भए अनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिन सहितको पत्र आइसकेको छैन’,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डारोशनकुमार पोखरेलले भन्नुभयो। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।

लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताउनुभयो।  ‘नेपाल चीनको मित्र राष्ट्र भएकाले पनि उसले खोप सहुलियत दरमा बिक्री गर्ने सम्भावना देखिन्छ’, डा. पोखरेलले भन्नुभयो।

प्रकाशित : १४ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६