कपिलवस्तु १५ असार। कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ८२ करोड ७३ लाख १५ हजार बजेट बिनियोजित गरिएको छ । नगर पालिकालको नवौं नगर सभाले सो बजेट बिनियेजित गरेको हो । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको बजेट सभाले पास गरेका छ ।
आर्थिक बिकासमा ४ करोड २८ लाख कृषिमा १ करोड ८६ लाख, उद्योगमा ३० लाख बजेट बिनियोजन गरिएको छ । यस्तै सामाजिक विकासमा ४३ करोड ९६ लाख, स्वास्थयमा ३४ करोड १८ लाख, शिक्षमा २७ करोड ९३ लाख, पुर्वाधार विकासमा १९ करोड ५७ लाख बजेट बिनियोजन गरिएको छ । बजेटमा नगरपालिको आन्तरिक श्रोत, नेपाल सरकार अनुदान, प्रदेश सरकार अनुदन तथा शशर्त अनुदानबाट श्रोत जुटाईएको छ ।
सो अवसरमा मेयर सिंहले नगरको समग्र विकासकालागि आफनो कार्यकालको चौथो बर्षमा ल्याएको बजेट महत्वुपुर्ण रहेको बताए । उनले आगामी आर्थिक बर्ष भित्र नगर क्षेत्रमा ‘ चेली ल्याउ, चेली बचाऔ अभियान चलाईने बताए । उनले सो अभियान अन्तर्गत गर्भपरीक्षण गराएर छोरी भए गर्भ पतन गर्ने काम कडाईका साथ रोक्ने देखि लिएर नगर क्षेत्रका कक्षा नौ देखि १२ मा पढेर कक्षा प्रथम, द्धितीय र तृतीय हुने छात्राको सबै पढाई खर्च नगरपालिकाले तिर्ने बताए । यस्तै फुसको छानोमुक्त अभियान समेत चालु जारी रहने उनले बताए ।
आगामी आर्थिक बर्ष वडा नम्बर ७ देखि १२ वडा नम्बरमा रहेका फुसको घरमुक्त अभियान अन्तर्गत निःशुल्क ककर्टपाता बितरण गरिने बताए । सो अभियान पछि गोठकालागि समेत टीन दिईने बताए । सभाले आर्थिक बिधेयक, बिनियोजन बिधेयक, स्थानीय तहको कर्मचारी ब्यवस्थापन बिधेयक र भवन तथा सडक मापदन्ड बिधेयक समेत पास गरेको थियो ।
सो अवसरमा वजेट पारदर्शी नभएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेल, वडा नम्बर ९का अध्यक्ष शिव बहादुर वाग्लले बजेटलाई समानुपातिक र पारदर्शीरुपमा ल्याउनु पर्ने जोडदार आवाज उठाएका थिए । पौडेलले नगरपालिका र वडामा बिनियोजित बजेटलाई पारदर्शीरुपमा बाहिर ल्याउनु पर्ने बताए । सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले आगामी आर्थिक बर्षको बजेटले नगरको पुर्वाधार र सामाजिक विकासमा योगदान दिने बताए ।
सो अवसरमा २ जना संचारकर्मी, ४ जना जना प्रतिनिधि, ४ जना कर्मचारीलाई सम्मानित गरिएको थियो । माउन्टने टिभिका शम्भु सैनीमाली र एनटिभि र बुद्ध आवाज टेलिभिजनका बासुदेश बर्मा (अजय) लाई दोसल्ला, प्रमाण पत्र र जनही १० हजारका दरले पुरस्कृत गरिएको थियो । यस्तै वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठी, दलित वडा सदस्यहरु चनरमति चमार र सुनिता चमारलाई कदर पत्र, दोसल्ला र ३ तोला चादीको मेडलले सम्मानित गरिएको थियो । यस्तै ईन्जीनीयर चन्डी प्रसाद देव, सहायक ईन्जीनीयर नारायण चौधरी, लेखा अधिकृत बलराम न्यौपाने र कार्यालय सहयोगी बिष्णुलाई समेत सम्मानित गरिएको थियो ।








प्रतिक्रिया