दाङ १६ असार । दाङ तुलसीपुरका एक घर धनीले भाडा छुट गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बसपार्कमा रहेका दुई वटा घर भाडामा दिएका रामचन्द्र केसीले एक महिनाको घरभाडा छुट दिएका हुन् । बसपार्क स्थित उनका घरमा दुई वटा होटेल सञ्चालित छन् ।
ति दुबैको मासिक भाडा ७५ हजार हुन्छ । कोरोना महामारीले गर्दा भएको लकडाउनले व्यबसाय सञ्चालन गर्न सक्ने अबस्था नहुँदा व्यबसायीहरु पनि घाटामा रहेकाले आफूले घर भाडा छुट गरेको बताए । उनले गएको बर्ष पनि लकडाउनमा भाडा छुट गरेका थिए । त्यस्तै तुलसीपुरका व्यबसायी अनुप कुमार श्रेष्ठले एक महिनाको १५ हजार भाडा छुट गरेका छन् ।
प्रतिक्रिया