कपिलबस्तु १७असार ।कपिलवस्तुको जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं २ नन्दनगर र वडा नंं ६ बांसखोर जोड्ने बेति खोलामा निर्माण गरिएको ६० फूट लामो पक्की पुलको उद्घाटन गरिएको छ । शुद्धोधन गाउंपालिकाको आफ्नै बजेटबाट ५ करोड ७९ लाख ८० हजार लागतको पक्की पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछि गाउंपालिकाका नन्दनगर, बासंखोर महादेव लगायतका स्थानीय सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज भएको छ ।
पुलको उद्घघाटन गर्दै गाँउपालिकाका अध्यक्ष निसार अहमद खाले गाँउमा आउन बाटो नभएका कारण विरामीलाई काँधमा वोकेर पु¥याउन बाध्यता टरेको बताउनुभयो । कार्यक्रममा गाँउपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोखरेलले यहाका जनप्रतिनिधिले अत्यन्तै मेहनतका साथ जनताको मनोभावना बुझेर काम गर्नु भएको बताउनुभयो ।
सबै विकास निर्माणको काममा शुद्धोधन गाँउपालिकाका जनताको सहकार्य अगामी दिनमा पनि कायम रहने गाँउपालिकाका पुर्व प्रशासकिय अधिकृत अन्नत पाणी मरासीनीले बताउनुभयो । सोही अवसरमा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले पक्कै पनि यो पुल निर्माण यहाको स्थानिय जनता, जनप्रतिनिधि कर्मचारिको मायाको प्रतिफल नै रहेको बताउनुभयो।बेति खोलामा पुल निर्माण गर्न गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले सोच ल्याउदै विमिहा देखि सोहसा पतरिया जोडेने सडक निकाल्ने योजना बनेको जिल्ला समन्वय समितिका सदस्य काजु ताडिवानले बताउनुभयो ।
कार्यक्रम शुद्धोधन गाँउपालिका वडा नं २ का वडाध्यक्ष मनोज कुमार यादवले पुल निर्माण भएपछि यहाका जनतालाई सहज भएको बताउनुभयो । गाँउपालिकाले आफ्नो लगानीमा पुल बनाएर उदहरणीय कार्य गरेको बताउनुभयो ।कार्यक्रम गाँउपाकिलाका समाजिक विकास अधिकृत ईश्वरी प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो । कार्यक्रममा वडाध्यक्षहरुको उपस्थिती थियो ।
प्रतिक्रिया