अर्थ-वाणिज्य

वार्ता र सहमति पछि मात्र बैठकमा जाने नेपाल समुहको निष्कर्ष



काठमाडौं, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष यथास्थितिमा ओलीले बोलाएको वैठकमा नजाने भएको छ । नेपाल–खनाल पक्षको आज (बिहीबार) बसको स्थायी कमिटी बैठकले यथास्थितिमा ओलीले बोलाएको बैठकका लागि बालुवाटार नजाने निर्णय गरेको हो ।बैठक भन्दा पहिला वार्ता ,दुबै पक्षबीच साझा सहमति र पार्टी एकताको पूर्ण आभाष हुने गरी आयोजना हुने बैठकमात्र मान्य हुने नेपाल समुहको भनाइछ । 

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यथास्थितिमा भोलि (शुक्रबार) बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ । ओलीले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रचार गरे पनि कार्यान्वयन भने गरेनन् ।

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६