प्रदेश

सरकारी तवरवाट राजधानीका भबनको सूचीकरण र औषत भाडादर निर्धारण



दाङ  १८ असार। नयाँ भर्जिन प्लेस भन्दै देउखुरी उपत्यकामा प्रदेश राजधानी तोकेको लुम्विनी प्रदेश सभापछि त्यहा राजधानी ब्यवस्थापनमा केहि सकस देखा परेको छ । एकातिर तत्काल नयाँ भवन वनाएर राजधानी स्थानान्तरण संभव देखिएको छैन भने भएका पुराना भवन ब्यवस्थित छैनन। फलस्वरुप सरकारी तवरवाट राजधानीका भबनको सूचीकरण र औषत भाडादर निर्धारणको पहल भएको छ ।

यसैबीच  लुम्बिनी प्रदेशको राजधानीको ब्यवस्थापन संग सम्वन्धित विषयमा राप्ती गाउँपालिकामा छलफल गरिएको छ ।प्रदेशसभा सदस्य  रेवतीरमण शर्मा, ईन्द्रजित चौधरी, राप्ती गाउँपालका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिका अध्यक्ष शहजराम यादव, प्रदेश पुर्वाधार प्राधिकरणका सिईओ ध्रुब मजगैया, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, राप्ती गाउँपालिकामा क्रियाशिल राजनीतिक पार्टी प्रतिनिधिहरु, सिसहनिया र भालुवाङका उद्योग बाणिज्य संघ प्रतिनिधि तथा वडा अध्यक्षहरुको सहभागी रहेको छलफलमा लुम्बिनी प्रदेशको राजधानीको केन्द्र राप्ती उपत्यकाको पछिल्लो ब्यवस्थापकीय प्रगतिको बारेमा छलफल गरिएको छ ।

बैठकले प्रदेश ब्यवस्थापन कार्यालय, प्रदेश पुर्वाधार प्राधिकरण, ग्रामिण तथा शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सिसहनिया र भालुवाङका उद्योग बाणिज्य संघको सहकार्यमा भवनहरुको ब्यवथापन, सुचिकरण तथा भाडादर समेत निर्धारणका लागि कार्य प्रारम्भ गर्ने निणर्य गरिएको राप्ती गाउँपालिकाका प्रमख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।

प्रमख प्रशासकीय अधिकृत शोभाराम रिजालका अनुसार बैठकले प्रदेश सरकारले घर निर्माणमा रोक लगाएको मिति भन्दा पहिले निर्माण भएका घरहरुको फास्ट ट्रयाक छरितो विधिबाट अभिलेखीकरण गर्न र नक्सा पास गर्न गाउँपालिकाको कार्यविधि संसोधनका लागि प्रक्रिया अघि वढाउन अनुरोध गर्ने समेत निणर्य गरिएको बताए ।

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६