कपिलवस्तु १८ असार । संघिय नेपालको राजधानी काठमाडौ भए झै विप्लव समूहको राजधानी र केन्द्रिय कार्यलय भवन रहेको शिवगढीमा करिव २ हजार विरुवा रोपिएकोछ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा विहिबार १८ सय ७५ वटा विरुवा वृक्षरोण गरेको हो । नेत्र विक्रम चन्द ( विप्लव)ले आफनै केन्द्रिय पार्टी कार्यलयको कम्पाउण्ड भित्र ८ सय ७५ वटा विरुवाहरु वृक्षरोपण गरेका छन् भने १००० फलफूलका विरुवा जनतालाई वाँडेकाछन् ।
सामुदायिक वनद्धारा उत्पादीत आँपका २ सय ५०,कटहर २ सय ३०,कागती ३ सय र लिचि २ सय २० वटा गरी एक हजार विरुवा वितरण गर्दै विप्लवले जनताको जीवनस्तर सुधार विना केहि परिवर्तन नहुने दावि गरे । कोभिड र बाढी, पहिरोलाई मध्यनजर गर्दै, मापदण्ड ख्याल गरेर समस्यालाई नियन्त्रण गर्नका लागि विरुवा वितरण तथा वृक्षरोपण गरिएको चन्दले वताए
केन्द्रिय पार्टी कार्यलयको कम्पाउण्ड भित्र स्थानिय, बुद्धिजिवी, समाजसेवी लगायतले वृक्षरोपण गरेका शिवगढी गाँउ कमिटी ईन्चार्ज पावेलले बताए । नेकपा केन्द्रिय पार्टी महासचिव नेत्र विक्रम चन्द( विप्लव)ले आगामी दिनमा पनि समाजको हितमा काम गर्दै जनताको सुखदुखमा सधैं साथ दिदै अगाडि बढने बताउँदै वृक्षरोपण गरी कार्यक्रमको शुरुवात गरेका हुन् ।कार्यक्रममा पाटिका सदस्य, स्थानिय बासी,बुद्धिजिवी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया